विज्ञापन बोर्डको कार्यालय स्थापना
काठमाडाैँ । काठमाडौंको बबरमहलमा विज्ञापन बोर्डको कार्यालय स्थापना भएको छ ।
नेपाल सकरारले विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यलाई अनुगमन तथा नियमन गर्ने गरी ल्याइएको कानून बनेको लामो समयपछि कार्यालय स्थापना गरेको हो ।
बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बोर्डको कार्यलयको उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले विज्ञापन क्षेत्रमा देखिएको विकृतिको अन्त्य गरी बजार नियमन गर्न बोर्ड सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहत रहने गरी गठन भएको बोर्डमा अध्यक्ष सहति ९ जना सदस्य रहने व्यवस्था छ । बोर्डको आध्यक्ष भने खुला प्रतिस्पर्धाबाट नियुक्ती गरिने व्यवस्था छ ।
साथै बोर्डका सदस्यमा गृहमन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका एक–एक जना सहसचिव पनि रहने व्यवस्था रहेको छ । विज्ञापन बोर्ड नेपाली सञ्चार क्षेत्रमा रहेको विज्ञापन बजारको नीति निर्माण अनुगमन र नियमन गर्न गठन गरिएको हो ।
Comments
अरु समाचार
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...