खुमलटार पुगेका चिनियाँ टोलीको जोड, ‘नेकपा एकताबद्ध हुनुपर्छ’
काठमाडौं । आइतवार नेपाल आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको टोली सोमवार बिहानै खुमलटार पुगेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नका लागि टोली खुमलटार पुगेको हो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टीमा दुई समानान्तर कमिटी सञ्चालन हुन थालेका छन्- बालुवाटार र खुमलटारबाट। आइतवार राति नै नेकपाको एक शक्ति बालुवाटार पुगेका चिनियाँ नेता कुओ सोमवार बिहानै खुमलटार पुगेका हुन्।
आइतवार नै उनले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका हुन्। त्यस्तै आइतवार राती नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।
प्रधानमन्त्रीसँग बालुवाटारमा दुई घण्टा भेट गरेका उनले नेकपाको विभाजनको विषयमा चासो राखेको स्रोतले बताएको छ।
नेकपा एकताको हुनुभन्दा अगाडिसमेत नेपाल आएका उनको यो भ्रमणलाई नेकपाको एकतालाई जोगाउने चिनियाँ कसरतको रुपमा हेरिएको छ।
प्रचण्डसँगको भेटमा पनि उनले यसै विषयमा चासो राखेको भेटबारे जानकार स्रोतले बतायो। ‘नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध छ। यस्तोमा नेकपामा विभाजन देखिँदा चिनियाँ कम्युनिस्ट पार्टीले चासो देखाउनु स्वभाविक हो,’ नेकपाको विदेश विभागका एक नेताले भने, ‘उहाँहरुको चाहना अझै पनि नेकपा एकवद्ध हुनुपर्छ भन्ने हो। हाम्रो नि त्यही हो।’
आजै यो टोलीले नेकपाका अर्का अध्यक्ष माधव नेपालसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...