अमेरिकी रक्षा मन्त्री अस्टिनले गरे अप्रत्याशित रुपमा अफगानिस्तान भ्रमण
एजेन्सि । अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनले अप्रत्यासित रुपमा अफगानिस्तानको भ्रमण गरेका छन् ।
रक्षा मन्त्री अस्टिनको अघोषित भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकाले अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सैनिक फिर्ता लैजाने तयारीको केही हप्ता पहिले अस्टिन अप्रत्याशित रुपमा यात्रामा निस्किएका हुन् । रक्षा मन्त्री अस्टिनले अफगान राष्ट्रपति अश्रफ घानीसँगको भेटपछि जिम्वेवारीपूर्ण तवरले युद्धको अन्त्य गरिनु पर्ने बताए ।
तर उनले सेना फिर्ता लैजाने समय सीमामा त्यो पूरा हुने नहुने केही खुलाएनन् । उच्च तहमा रहेको हिंसा कम गर्नेमा ध्यान केन्द्रित हुनु पर्ने र द्वन्द्व अन्त्यका लागि वार्तालाई बढावा दिनु पर्ने रक्षा मन्त्री अस्टिनले बताए ।
अमेरिकी सेना फिर्ता लैजाने बारे गएको वर्ष तालिबान र तत्कालीन ट्रम्प प्रशासनबिच सहमति भएको थियो । तर बिद्रोही र अफगान सरकारबिचको वार्ताको वाचा भने अझै पनि प्रश्नको घेरामै छ ।
यसअघि तय भएको मे १ को सीमा निकै कठिन रहेको अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेनले बताएका छन् । पूर्व सहमति अनुसार आउँदो १ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने छ ।
आफ्नो चासो सैनिक फिर्ता बोलाउँदा तालिबान बिद्रोहीको गतिविधि थप सक्रिय हुन्छ कि भन्नेमा रहेको बाइडेनले बताएका छन् ।
अफगानिस्तान भ्रमण गर्ने बाइडेन मन्त्रीमण्डलका अस्टिन पहिलो सदस्य हुन् । एशियाको छोटो यात्राको अन्त्यमा अस्टिन आइतबार काबुल गएका हुन् ।
पत्रकारसँग कुरा गर्दै रक्षा मन्त्री अस्टिनले अफगानिस्तानमा हिंसात्मक गतिविधि अझै पनि उच्च तहमा रहेको र आफूहरुको चाहना त्यो अन्त्य भएको हेर्नु रहेको बताए ।
पूर्णरुपमा सहमति नभई विदेशी सैनिक फिर्ता भएमा अफगानिस्तानमा पुनः तालिबान शक्तिमा आउने चिन्ता रहँदै आएको छ ।
अफगानिस्तानमा अझै पनि झण्डै २५ सय अमेरिकी सैनिक छन् ।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...