ताजा समाचार

राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति हमिदबाट स्वागत (फोटो फिचर)

काठमाडौं ।  बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा ढाका पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

बंगलादेशको दुईदिने औपचारिक भ्रमणका ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै  राष्ट्रपति भण्डारी ढाका पुगेकी हुन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीसहित सार्क राष्ट्रका अन्य दुई राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ। माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली र श्रीलंकाका प्रधानमन्त्री माहिन्दा राजापाक्षे यसअघि नै बंगलादेश पुगिसकेका छन्।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिएको छ। आजै उनले समकक्षी हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिना लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

केही तस्वीर झलक :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org