ताजा समाचार

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ।

यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ।

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्णय भैनसकेको उनको भनाइ छ। अहिले चल्न दिइएका २५ भन्दा बढी  सिट भएका सार्वजनिक यातायातको जोरबिजोर प्रणाली संचालन गर्न दिने संभावना रहेको उनले बताए। पछिल्लो पटक सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो।

पसलहरु पनि खोल्न दिइएको छ। काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org