ठुलो मात्रामा तस्करी हुँदै गरेको विदेशी गैर कानुनी चुरोट विरगन्ज भन्सारमा समातियो ११ करोड भन्दा धेरै जरिवाना हुने, बजार भरी छ्यापछ्याप्ती पाइन्छन यिनै चुरोट
काठमाडाैं । विरगन्जको सुख्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठुलो मात्रामा विदेशी चुरोट बरामद भएको छ । मुङ्गको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ । गुडाङ गरम नामको विदेशी तस्करी गरिएको चुरोट अहिले पनि बजार मा छ्यापछ्याप्ती पाइने भए पनि यसरि भन्सारमा तस्कारी हुँदै गर्दा पकडमा आएको भने पहिलो घटना हो ।
नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा हुने गरी बढाए पछी अहिले चुरोट एक दमै महङ्गो भएको कारणले र अत्याधिक कर लाग्ने भएकोले तस्करी गर्दा अत्याधिक फाइदा हुने हुनाले चुरोटको तस्करी ह्वात्तै बढेको छ । चुरोट एउटा यस्तो वस्तु हो जसको उत्पादन गर्न लाग्ने लागत भन्दा करको भार उल्लेख्य रुपमा बढी हुन्छ । जस्तो कि नेपालमा उत्पादन भइ विक्री हुने चुरोटमा कुल विक्री मुल्यको ५५ देखि ७०% सम्म कर लाग्ने गरेको छ । चुरोटमा अन्तशुल्क, स्वास्थ्य जोखिम कर, मु अ कर, भन्सार, अन्तशुल्क स्टिकर लगायतका कर असुल गरिने गरेको छ ।
हुन त अहिले पनि काठमाडौंको मुख्य बजार क्षेत्रमा विदेशी गैर कानुनी चुरोट हरेक जसो पसल मै पाइन्छ । स्वदेशी चुरोट भन्दा सस्तो पर्ने, प्याकेजिन्ङमा देख्दै फोहोर देखिने चित्र नहुने, व्यापारीलाई धेरै फाइदा हुने आदी कारणले यी गैर कानुनी चुरोटले बजार लिएको देखिन्छ ।
यस विषयका जानकारहरुका अनुसार नेपालमा चुरोटको अवैध व्यापार २ तरिका बाट हुने गर्छ:
१, विरगन्ज भन्सारमा समातिएको जस्तो तेस्रो मुलुकबाट गैर कानुनी रुपमा तस्करी भइ काठमाडौं पोखरा लगायतका शहरमा हुने गैर कानुनी अन्तराष्ट्रीय ब्राण्डहरुको व्यापार .
२. सिमावर्ती क्षेत्रमा सिमापारबाट नेपाली ब्राण्ड कै नक्कली चुरोट बनाइ गैर कानुनी रुपमा हुने व्यापार – सिमा क्षेत्रमा नेपाल कै सबै भन्दा धेरै विक्ने खुकुरी , शिखर लगायतका चुरोटहरु भारतमा गैर कानुनी रुपमा बनाइ , नेपालमा तस्करी गरी सस्तो मुल्यमा विक्री हुने गरेको पाइएको छ ।
मधेस प्रदेशका अधिकासं जिल्लाहरुमा नक्कली चुरोटको व्यापार अधिक छ । सिमावर्ती क्षेत्रमा यसको व्यापार कानुनी चुरोट बाराबर नै रहेको त्यस क्षेत्रका व्यवसायीहरु बाताउछन । नेपाल प्रहरी र राजस्व कार्यलयहरुले बेला बेलामा यस्ता गैर कानुनी चुरोट पक्राउ गरे पनि यो नियन्त्रण हुन सकेको छैन । गत वर्ष सुर्य नेपाल प्रालीको निवेदनमा भारतको मुजफ्फ्परपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कार्वाही समेत भएको थियो । यि सबका बाबजुद धेरै कर लाग्ने उत्पादन भएकोले कर छल्दा ठुलो मुनाफा हुने भएकोले तस्करी नियन्त्रण हुन सकेको छैन ।
यसरि हुने गैर कानुनी व्यापारले स्वदेशी उद्योग र नेपाल सरकार दुबैलाई उल्लेख्य मात्रामा नोक्सान पुर्याइरहेको छ । जानकार स्रोतका अनुसार नेपालमा हुने अवैध चुरोट , खैनी , गुट्खा लगायतका अन्य सुर्तिजन्य पदार्थको तस्करि, र अवैध व्यापारका कारण राज्यले एक वर्षमा कारीव ९५० करोडको राजस्व गुमाइ रहेको छ ।
विदेशी INGO हरुको सहयोगमा सुर्तीजन्य पदार्थको विरुद्द नेपालमा कार्य गर्ने नेपाल विकास अनुसन्धान परिषदले केही समय अघाडी एक अध्ययन गरी नेपालमा चुरोटको अवैध व्यापार कम रहेको प्रतिवेदन नेपाल सरकारको नेपाल राजस्व परामर्श बोर्डलाई बुझाएको थियो । तर बजारमा देखिएको नक्कली चुरोटको व्यापार र अहिले ठुलो मात्रामा विरगन्जमा जफत भएको तस्करी हुँदै गरेको लगभग ६ मिलिएन चुरोटले भने अर्कै सत्य उजागर गरेको छ । यो एउटा प्रतिनिधी घटना हो, नेपालमा चुरोटको तस्करी बढ्दो छ । ६० देखी ७०% कर बच्ने भएपछी तस्करहरुका लागी यो सुन तस्करी जस्तै आकर्षक भएको छ । एक कन्टेनर चुरोट तस्करी गर्दा ६-७ करोड भन्दा धेरै कर बच्ने भए पछी तस्करहरुका लागी यो अत्यन्त आकर्षक वस्तु भएको छ ।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...