भाटभटेनीको दसैंतिहार अफर, विभिन्न सामानमा १० देखि ३०% सम्म छुट
काठमाडाैं । स्वदेशमा सबैभन्दा बढी २३ वटा आउटलेट भएको भाटभटेनी सुपर स्टोरले दसैँतिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ।
भाटभटेनीले बुधबारदेखि देशभरिकै स्टोरमा लागु हुने गरी छुटको योजना सार्वजनिक गरेको हो। भटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार सुपर स्टोरले विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशतसम्मको छुटको योजना ल्याएको छ। ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को उपहार दिने योजना समेत छ।
भाटभटेनीले भारतीय सीमा क्षेत्र नजिकका ७ वटा स्टोरमा चिनी ६९ रुपैयाँमा बेच्ने घोषणा गरेको छ। भारतीय बजारमा चिनी ६५ रुपैयाँ किलो पर्छ । सीमा क्षेत्रका विराटनगर, इटहरी, नेपालगञ्ज, भैरहवा, धनगढी, हेटौंडा र बुटवलका स्टोरमा भाटभटेनीले चिनीको मूल्य प्रतिकिलो ६९ कायम गरेको हो।
यसअघि भाटभटेनीका ती स्टोरमा चिनी ८० रुपैयाँ थियो। काठमाडौंमा भने चिनी किलोको ८४ रुपैयाँ कायम गरिएको छ। यसअघि काठमाडौंको भाटभटेनी स्टोरमा चिनी किलोको ९४ रुपैयाँ थियो। दसैंका बेलामा उपभोक्ताले सबैभन्दा बढी खरिद गर्ने कुकरमा १५ प्रतिशत छुट राखिएको छ।
ग्रोसरीतर्फ केलोक्स कम्पनीको ओट्स र कर्नफ्लेक्समा ३० प्रतिशत छुट छ। विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन र स्याम्पुमा १० प्रतिशत छुट छ। आरएस कम्पनीको २ लिटरको ओलिभ आयल खरीद गर्दा अर्को २ लिटर सित्तैँमा पाइने अफर छ।
स्टोरले सबै प्रकारका गार्मेन्ट, सारी र कुर्तामा १०, फुटवेयरमा १० र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर ल्याएको छ।इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिनलगायतका सामानमा ३० प्रतिशतसम्म छुट छ।
Comments
अरु समाचार
-
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै
काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो...
-
पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ पत्रकार...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...