वायु सेवा कम्पनीलाई कसिलो मापदण्ड,नयाँ कम्पनी स्थापना गर्न तीनवटा जहाज अनिवार्य
काठमाडौं । नेपालमा अब वायु सेवा कम्पनी स्थापना गर्न न्यूनतम तीन जहाज हुनैपर्ने भएको छ।
वायुसेवा सञ्चालन प्रमाणपत्र निर्देशिका (एओसीआर) संशोधन गर्दै नेपाल नागरिक उड्डयन प्रधिकरणले अब नेपालमा दर्ता हुने वायुसेवा हेलिकप्टर वा फिक्स्ड विङ (जहाज) उडाउने कम्पनी न्यूनतम तीन वायुयान राख्नैपर्ने भएको छ ।
अहिलेसम्म एउटा हेलिकप्टर वा जहाजबाट वायुसेवा कम्पनी दर्ता हुने नियम थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, अब नयाँ दर्ता हुदा तीन हेलिकेप्टर वा जहाज हुनैपर्नेछ । नत्र वायुसेवा दर्ता हुनेछैन । एओसीहारको १० औं संशोधनबाट यो नियम लागु गएिको उनले बताए । अहिले आन्तरिक उडानमा १२ वटा रोटर (हेलिकप्टर ) र ९ वया फिक्स् विङ एयरक्राफ्ट (जहाज) कम्पनी रहेको प्रधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले जनाएको छ । यीमध्ये एक वा दुई मात्रै वायुयान भएका हेलिकप्टर कम्पनी ५ छन् भने दुईटा मात्रै जहाज भएको वायुसेवा कम्पनी एउटा छ ।
पुरान कम्पनीलाई प्राधिकरणले प्रधिकरणले तत्काल न्यूनतम संख्यामा जहाज भएका कम्पनीलाई मर्जरका लागि बाटो खुल्ला गरिदिएको छ । हामीले वायुसेवा कम्पनीलाई मर्जर जान नीतिगत बाटो पनि खुल्ला गरिदिएका छौ, प्रवक्ता निरौलाले भने तर न्यूनतम ५ वटा जहाज हुनैपर्नेछ ।
एक दुई जहाज मात्रै सञ्चालन गर्ने वायुसेवा कम्पनीमा उडान सुरक्षामा लापरबाही हुने, दक्ष जनशक्ति अभाव भइरहने , कमजोर आर्थिक अवस्थाका कारण वायुसेवा कम्पनीले उडान सुरक्षा परिपालना गर्न नसक्नेलगायतका कारणले जहाजको न्यूनतम संख्या तोक्नुपरेको प्राधिकरणले जनाएको छ ।
हवाई टिकटमा भ्याट लगाउने बाटो खुल्यो
यसैबिच सर्वोच्च अदालतले अल्पकालीन आदेशलाई निरन्तरता नदिएसँगै अब हवाई यात्रुले टिकटकमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ । सर्वोच्चका न्यायधिशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासले साउन १४ मा जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएको हो ।
सरकारले बजेट मार्फत हावई टिकटमा १३ प्रतिशत भ्याट लागु गर्ने निर्णय गरेपछि हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन व्यवसायमा नकारात्मक असर पर्नेलगायतका कारण देखाउन्दै ३ हजार भन्दा बढि ट्राभल एजेन्ट्स (नाट्टा ) सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको थियो ।
नेपालमा कोभिडपछि वार्षिक कम्तीमा ५० अर्ब रुपैयाँ बराबरको हवाई टिकट कारोबार भएको अन्तराष्ट्रिय हावई यातायात संगठनको तथ्यांक छ । आर्थिक मन्दीले प्रभावित अर्थतन्त्रमा राजस्व बढाउँने मात्र उद्देश्यले सरकारले हवाई टिकटमा एकमुस्ट १३ प्रतिशत भ्याट ल्याएको व्यवसायीको आरोप छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...