आजदेखि यू-१९ एसिया कपः दुई खेल हुँदै,नेपाल पाकिस्तानसँग भिड्ने
काठमाडौं। आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स (युएई)मा सुरु हुँदैछ। शुक्रबार नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘ए’मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ। दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। नेपालका लागि शुक्रबार बिहान ११ स् १५ बजे सुरु हुने पाकिस्तान विरुद्धको खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ। समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।
दोस्रो चरण प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीले एसिया कपको उपाधिको सपना देखेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।
नेपालको युवा टोलीले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप उपाधि जितेर एसिया कपमा स्थान बनाएको हो। एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा लिइएको छ।
नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। नेपाल र पाकिस्तानसँगै आजै अफगानिस्तान र भारतबीचको खेल हुँदैछ। नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। समूह चरणका खेल सकिएपछि मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ।
यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।
Comments
अरु समाचार
-
चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना...
-
टी २० विश्वकप: पहिलो खेलमा आज अमेरिका र क्यानडा भिड्दै
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । टी-विश्वकपको नवौँ...
-
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्ध
काठमाडौं । आईसीसी टी–२० विश्वकप अगाडिको नेपाल र अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाले रद्ध भएको छ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी...
-
सन्दीप लामिछानेलाई दोस्रो पटक पनि अमेरिकाले दिएन भिसा
काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि...
-
आईसीसी टी–२० विश्वकप वार्मअप खेलमा आज नेपालले अमेरिकासँग खेल्दै
काठमाडौं । टी–२० विश्वकप अगाडिको वार्मअप अन्तर्गतको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । आयोजक अमेरिका र...
-
प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक
काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको...
-
विश्वकप छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा...
-
आईसीसी टी–२० विश्वकप वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप वार्मअप पहिलो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ । टस जितेर पहिले बलिङ...
-
हैदरावादलाई हराएपछि कोलकाताको अहिलेसम्म तीन उपाधि
काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स...