ताजा समाचार

नेपाल सुपर लिग आज ललितपुर सिटी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन् ।

आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै, एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको चितवन ५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

पहिलो स्थानमा रहेको धनगढीको ८ अङ्क हुँदा दोस्रो स्थानको पोखराको पनि ८ अङ्क नै छ । पोखरा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org