विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समायोजन गर्न थालेका छन् । पालिकाले गठन गरेको विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गर्ने क्रम अगाडि बढाएको हो ।
यसैक्रममा रोशी गाउँपालिकाभित्र सञ्चालित पाँच विद्यालय समायोजन गरिएको छ । विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिको प्रतिवेदनअनुसार गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गरी कार्यान्वयन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार वडा नं १ मा सञ्चालित ठेडाचौर प्राथमिक विद्यालय र चेतना माध्यमिक विद्यालय समायोजन भई ठेडाचौर चेतना माध्यमिक विद्यालय नामकरण गरेको छ ।
यस्तै वडा नं २ मा अवस्थित गणेश प्राथमिक विद्यालय र ग्रामस्थान प्राथमिक विद्यालय समायोजन भई ग्रामस्थान गणेश प्राथमिक विद्यालय, महाभारत प्राथमिक विद्यालय र भुसुने कालीदेवी प्राथमिक विद्यालय समायोजन भई भुसुने कालीदेवी महाभारत प्राथमिक विद्यालय नामकरण गरिएको छ ।
यसैगरी वडा नं ७ मा अवस्थित बुद्ध प्राथमिक विद्यालय र गौतमनाथ आधारभूत विद्यालय समायोजन भई गौतमबुद्ध आधारभूत विद्यालय र वडा नं ९ मा अवस्थित मङ्गलेश्वर प्राथमिक विद्यालय र विन्दावासिनी माध्यमिक विद्यालय समायोजन भई विन्दावासिनी मङ्गलेश्वर माध्यमिक विद्यालय भएको छ । त्यसरी गाभिएका विद्यालयमा भने बालविकास केन्द्र सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
रोशी गाउँपालिकाभित्र ६९ वटा सामुदायिक विद्यालय रहेकामा पाँचवटा समायोजन गरी ६४ वटा बनाइएको छ । गाउँ शिक्षा समितिको निर्णयलाई सङ्घीय सरकारको विद्यालय समायोजन आधार मापदण्ड समितिलाई मध्यनजर गरी कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।
रोशी गाउँपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा यहाँका आठवटा विद्यालयको तह घटाइएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयको तह घटाएर कक्षा १ देखि ३ सम्म अध्यापनको अनुमति दिइएको छ । जसमा वडा नं ४ मा अवस्थित थानापति प्रावि, वडा नं ७ मा अवस्थित जनज्योति प्रावि, खाँडादेवी प्रावि, वडा नं ८ मा रहेको खार्ता महादेवस्थान प्रावि, गायत्री प्रावि, देवीश्वरी प्रावि, वडा नं ९ मा रहेको भूमेस्थान प्रावि र वडा नं ११ मा अवस्थित सरस्वती प्राविको तह घटाइएको छ ।
विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । भौगोलिक अवस्था र विद्यार्थी सङ्ख्यालाई हेरेर केही विद्यालयलाई नजिकको विद्यालयसँग समायोजन गरेको र केही विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भए पनि भौगोलिक कारण सुधार गर्न अनुरोध गरेको छ ।
त्यसैगरी बनेपा नगरपालिका–४ मा रहेको सृष्टकान्त आधारभूत विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यलायमा समायोजन गरी चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नामकरण गरिएको छ । वडा शिक्षा समितिको निर्णयअनुसार उक्त विद्यालय समायोजन गरेको बनेपा नगरपालिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष...
-
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
-
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
काठमाडौं। भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ...
-
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौं । विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन् । सरकारले...
-
अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पूरा, एक लाख विद्यार्थी सहभागी हुँदै
काठमाडाैँ । । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पहिलोपटक राजधानी काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी...
-
त्रिभुवन विश्वविद्यालयमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य
काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको...
-
दलका शिक्षकलाई बर्खास्त गर्न निर्देशन
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा...
-
ग्लोबल आइएमई बैंकको उच्चशिक्षा कार्यक्रमः भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक...