ताजा समाचार

झापाको मेचीनगरस्थित होटेल मेची क्राउन चारवर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश

काँँकडभिट्टा । झापाको मेचीनगरस्थित होटेल मेची क्राउनले चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा होटेलका अध्यक्ष एवम् सञ्चालक पवित्रकुमार कार्कीले सुरुमा स्थापना गर्दा जोखिम मोलेर होटेलमा लगानी गरिएको बताएका थिए ।

तर अहिले आफ्नो टिमले योजना बनाएर चलाएपछि अहिले होटल पपुलर भएको भन्दै खुसी ब्यक्त गरे । होटल मेची क्राउनमा नेपाल र भारतका ठुला घराना परिवारका नागरिकहरू विवाह, सेमिनार, मनोरञ्जन र क्यासिनो खेल्न आउने गरेका छन् ।

उनले आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरिएको होटलले झापाको मात्र नभइ देशकै इज्जत र मान राखेको बताए । आयोजित वार्षिकोत्सव तथा नयाँ थप सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा सञ्चालकहरूले पूर्वकै व्यापारिक उद्योगका रुपमा पहिचान बनाउने उद्घोष गरेका हुन् ।

पूर्वको सफल उद्योग मात्र होइन नेपाल र भारतमा नै नमुनाको रुपमा पहिचान बनाउँदै गरेको पाँचतारे होटेल मेची क्राउनले अर्को सुविधा सम्पन्न भवनबाट पनि थप सेवा विस्तार गरेको जनाएको छ ।

अर्का सञ्चालक बलराम सापकोटाले सरकारलाई वार्षिक ६ करोड २५ लाख रोयल्टी तिर्दै गरेको जानकारी दिए । नयाँ बनिएको थप भवनसहित २१५ वटा सुविधा सम्पन्न रहेको कोठालाई आगामी दिनमा ५०० वटा कोठा पु¥याउने लक्ष्य रहेको उनले बताए । उनले देशभित्र रहेका साना–ठुला क्यासिनोलाई एउटै प्रकृतिमा नहेर्न आग्रह गर्दै होटेल र क्यासिनोको नियम बनाउन राज्यलाई खबरदारी गरेका थिए ।

कार्यक्रममा पूर्व मन्त्रीहरु दिपक गिरी, प्रेम आले, किसानकुमार श्रेष्ठ, गोविन्द बद्री, सांसद एलपी साँवा, संविधान सभा सदस्य दिपक कार्की, नेपाल सरकारका कानून सचिव उदय सापकोटा, व्यवसायी विकास राना, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले होटल मेची क्राउनको बारेमा चर्चा गरेका थिए । सोही अवसरमा स्थापनाकालमा होटललाई लगानी गरिदिने इन्भेष्टमेन्ट बैँकका सिइओ ज्योति पाण्डेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रमको होष्ट सहाना बज्रचार्यले गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org