ताजा समाचार

दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने

काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको र व्यवसायीसहितको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि ७ बुँदे सहमति गर्दै टिकट बुकिङ् यहिसाताबाट खुलाईने भएको हो ।

मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ । बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गृह मन्त्रालयमा अनुरोध गरिएको छ ।

व्यवसायीले लामो समयदेखि उठाउँदै आएको भाडादर समायोजनको माग छठपछिको हप्तामा कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउन विभागलाई निर्देशन दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org