ताजा समाचार

दीपेन्द्र आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए

काठमाडौं । नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् । क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी वरीयतामा पनि सुधार गरेका छन् ।

आईसीसीले पछिल्लोपटक सार्वजनिक गरेको वरीयता अनुसार ४ स्थानको सुधार गरेका ऐरी दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसी वरीयतामा कुनै पनि नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा उत्कृष्ट वरीयता हो ।

यो क्याटागोरीमा इंग्ल्यान्डका लियम लिंगुस्टन एक नम्बरमा छन् । ऐरीको २३० अंक भने लियमको २५३ अंक छ । दीपेन्द्रले अस्ट्रेलियाका मार्कोस स्टोइनसलगायतलाई पछाडि पारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org