नेपाललाई विकाशील राष्ट्रमा स्तरउन्नतीको तयारी गर्न सरकारलाई समितिको सुझाव
काठमाडौं । नेपालले अतिकम विकसित राष्ट्रबाट विकाशील राष्ट्रमा स्तरोन्नति हुन आधारभूत तहमा तीव्र तयारी गर्नुपर्नेमा राष्ट्रियसभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले ठहर गरेको छ ।
विकास आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उपसमिति संयोजक डा.अन्जान शाक्यले नेपाल एल.डि.सी.मा स्तरोन्नति भएपछि वैदेशिक अनुदानहरूमा कटौती हुने हुँदा स्वदेशमा निर्भरता हुने गरी सरकारले कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा सांसदहरूले नेपालले प्राप्त भइरहेको वैदेशिक अनुदानलाई सही सदुपयोग गर्न नसकेको अवस्थामा विकशील राष्ट्रमा स्तरोन्नति हुँदा थप चुनौतीको सामना गर्नुपर्ने अवस्था आउनेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
समितिकी सभापति कमला पन्तले सरकारलाई नेपाललाई एल.डि.सी.मा स्तारोन्नतीका लागि तयारी गर्न सहयोग पुगोस् भनेर अध्ययन गरिएको प्रतिवेदनमा उल्लेखित सुझाव लाभदायक हुने विश्वास व्यक्त गरिन् ।
उपसमिति संयोजक डा.अन्जान शाक्यले आजै समिति सभापति पन्तलाई उपसमितिको अध्ययन प्रतिवेदन हस्तान्तरण गरिन् ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...












