बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरबजारमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा म्याजिक भ्यान चालक राक्सिराङ ४ बस्ने वर्ष ३०–३२ को सन्देश कोइरालाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आइरहेको बागमती प्रदेश ०३ ००६ ख ५६८१ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ००१ च ३०१२ नम्बरको म्याजिक गाडी आज बिहान करिब सवा तीन बजेतिर ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका म्याजिक भ्यान चालक कोइरालालाई उपचार गर्न चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको थियो । त्यहाँ उपचारको क्रममा आज बिहान सवा चार बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
बस र चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ । कोइरालाको मृत्यु भएपनि स्थानीयवासीले मनहरी बजारस्थित सडक अवरुद्ध पारेका थिए । अहिले सडक खुलिसकेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, अझै अत्यधिक घाटा निगम
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यरातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र...
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : हल्का वर्षा र हिमपातकाे सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै, देशभर जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौँ । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै...
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...












