सहारा नेपाल साकोसको २९औँ साधारण सभामा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सलकपुर (मोरङ) । “मेरो गौरव, मेरो सहारा सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा भव्यरूपमा सम्पन्न भएको छ।
सहारा नेपाल साकोस सेवा केन्द्र विराटचोकको आयोजनामा सुन्दरहरैचा–८, सलकपुरस्थित भुल्के साकोसको सभाहलमा यही पुष ३ गते बिहिबार साधारण सभा सम्पन्न हो । साधारणसभाको अवसरमा सहारा सहकारी पत्रकारिता पुरस्कार अन्तर्गत सुन्दरहरैचा अपडेटका सञ्चालक शिव भट्टराई भोजपुरेलाई सम्मान गरिएको थियो ।
सहकारी अभियान, स्थानीय विकास र समुदायका गतिविधिहरूलाई निरन्तर उजागर गर्दै पत्रकारिता मार्फत योगदान पुर्याएको मूल्यांकन स्वरूप भट्टराईलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
पत्रकारिताको माध्यमबाट समाजमा घटेका घटनाहरूलाई सत्य–तथ्य रूपमा उजागर गर्नुका साथै विशेष गरी सहकारी क्षेत्रको समग्र विकास, पारदर्शिता र सचेतनामा योगदान पुर्याएको उच्च मूल्याङ्कन गर्दै भट्टराईलाई सम्मान गरिएको संस्थाले जनाएको छ।
त्यसैगरी संस्थाले सोही अवसरमा प्रो ।मोहम्मद युनुस पुरस्कार, उत्कृष्ट उद्यमी पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, उत्कृष्ट कारोबार पुरस्कार अन्तर्गत सहकारीका सदस्यहरूलाई सम्मान सहित पुरस्कृत गरेको थियो।
साधारण सभामा सुन्दरहरैचा–१२ की वडा सदस्य निलम थापाको प्रमुख आतिथ्य रहेको थियो भने सेवा केन्द्र सहयोग समितिका संयोजक चिरञ्जीवी रेग्मीको सभापतित्व रहेको थियो। कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख कुसुम चुडालले गरेकी थिइन्।
Comments
अरु समाचार
-
करदाता सेवा कार्यालयको काम सेवा स्थानीय तहमा हस्तान्तरण, फाइदा के होलान् ?
काठमाडौं । करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ। आन्तरिक राजस्व विभागका...
-
‘अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक’
विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा बुधबारबाट...
-
प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्धामा आज पेशी
काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज पेशी तोकिएको छ । नेपाली कांग्रेसका ६५...
-
पाँच महिनामा २० अर्ब १४ करोडको आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका...
-
कति छ अस्ट्रेलियन डलरको खरिद/बिक्रीदर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...












