अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै पनि प्रकारको व्यापार गर्ने देशले अमेरिकासँग हुने सबै व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ। उक्त निर्णय तत्काल लागू हुने उनले स्पष्ट पारेका छन्।
यस कदमले इरानमाथि अन्तर्राष्ट्रिय दबाब थप बढ्ने आँकलन गरिएको छ। पछिल्ला १५ दिनदेखि इरानमा देशव्यापी विरोध प्रदर्शन जारी छ, जसका कारण सुरक्षा अवस्था झनै संवेदनशील बन्दै गएको छ।
यसअघि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि इरानप्रति कडा चेतावनी दिएकी थिइन्। उनले राष्ट्रपतिको प्राथमिकता कूटनीति भए पनि आवश्यकता परे सैन्य विकल्पसमेत खुला रहेको बताएकी थिइन्।
अमेरिकी नागरिकलाई इरान छोड्न एडभाइजरी
यसैबीच, इरानस्थित अमेरिकी भर्चुअल दूतावासले एक एडभाइजरी जारी गर्दै अमेरिकी नागरिकहरूलाई तुरुन्तै इरान छोड्न आग्रह गरेको छ। एडभाइजरीमा इरानमा बढ्दो विरोध प्रदर्शन हिंसात्मक हुन सक्ने चेतावनी दिइएको छ।
“प्रदर्शनका कारण गिरफ्तारी, चोटपटक तथा सुरक्षाजन्य जोखिम बढ्न सक्छ। सडकहरू बन्द छन्, सार्वजनिक यातायात अवरुद्ध छ र इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको छ,” एडभाइजरीमा उल्लेख छ।
दूतावासले इरान आउने–जाने उडानहरू सीमित वा रद्द भइरहेकाले वैकल्पिक यात्रा योजना बनाउन आग्रह गरेको छ। सुरक्षित अवस्था भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट इरान छोड्न पनि सुझाव दिइएको छ।
ह्वाइट हाउसको चेतावनी
अमेरिका–इरान तनाव बढिरहेका बेला ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनिन्, “राष्ट्रपति ट्रम्प सधैँ सबै विकल्प खुला राख्नुहुन्छ। कूटनीति पहिलो प्राथमिकता हो, तर अमेरिकाको सुरक्षा वा हितमा खतरा आए कठोर निर्णय लिन पछि हट्नुहुन्न।”
उनका अनुसार इरानी नेतृत्वले सार्वजनिक रूपमा दिने बयान र अमेरिकी प्रशासनलाई गोप्य रूपमा पठाइने सन्देशबीच फरक देखिएको छ। ट्रम्प ती निजी सन्देशहरूको गम्भीर मूल्यांकन गर्दै वार्ताको वास्तविक सम्भावना छ कि छैन भन्ने बुझ्न चाहन्छन्।
इरानले वार्ताको ढोका खुला रहेको बताइरहे पनि सार्वजनिक रूपमा भने अमेरिका र इजरायलले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै कडा प्रतिक्रिया दिँदै आएको छ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












