नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् । युद्ध अन्त्यका लागि पुनः वार्ता हुने वा नहुने भन्ने अन्योल कायमै रहेका बेला ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो ।एक हप्ताअघि सुरु भएको अमेरिकी नाकाबन्दीले इरानलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारिरहेको दाबी ट्रम्पले गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा लेख्दै उनले यस द्वन्द्वमा अमेरिका निकै अगाडि रहेको र जितिरहेको उल्लेख गरेका हुन् ।
अमेरिका र इरानबीचको अस्थायी युद्धविराम बुधबार सकिँदैछ । शान्ति वार्ताको दोस्रो चरण पाकिस्तानमा हुने भनिए पनि त्यसबारे अझै अनिश्चितता छ । वार्ताको तयारीका लागि पाकिस्तानको राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, अमेरिकी टोलीको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै वासिङ्टनबाट प्रस्थान गरेका छैनन् । उता इरानले पनि वार्तामा सहभागी हुने वा नहुनेबारे कुनै निर्णय गरिसकेको छैन ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दी सुरु भएदेखि हालसम्म २७ वटा जहाजलाई इरानी बन्दरगाहतिरै फिर्ता पठाइएको छ । आइतबार मात्रै अमेरिकाले नाकाबन्दी तोड्न खोज्ने इरानी झण्डावाहक एक मालबाहक जहाजलाई पहिलो पटक नियन्त्रणमा लिएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको भिडियोमा अमेरिकी सेनाले उक्त जहाजलाई चेतावनी दिएको र त्यसपछि सैनिक हेलिकप्टरबाट जहाजमा ओर्लिएर नियन्त्रणमा लिएको देखिन्छ । इरानले यस कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ, जसका कारण खाडी क्षेत्रमा थप तनाव बढ्ने देखिएको छ ।
Comments
अरु समाचार
-
वीरगन्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व संकलन
वीरगन्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व संकलन...
-
त्रिभुवन विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी...
-
स्वार्थको द्वन्द देखिने गरि गृहमन्त्री गुरुङ पदासिन भएका हुन् ?
काठमाडौँ । विचौलिया दिपक भट्ट र शंकर समुहसँग पार्टनरसिप लिएका गृहमन्त्री सुधन गुरुङ ‘स्वार्थको द्वन्द देखिने’ गरि पदासिन रहेको पाइएको...
-
विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको हुँ: गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् । विवादित पृष्ठभूमिका...
-
सुधन र दिपकको साइनो खुल्दा, ‘हामी नेपाल’को वेवसाइट झ्याप्पै बन्द !
काठमाडाै । वर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर काराेबारकाे साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि...
-
काठमाडौँदेखि ढाकासम्म नियमित सिधा उडान गर्ने तयारी
काठमाडौँ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन: रास्वपा सभापति लामिछाने
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले क्षेत्राधिकार मिचेर जथाभावी गरेको भन्ने चर्चा भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...
-
डाइभर्सन बग्दा बीपी राजमार्गमा सवारी आवागमन बन्द
बनेपा। शनिबार दिउँसो परेको वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । वर्षासँगै रोसी खोलामा आएको बाढीले राजमार्गका...












