ताजा समाचार

मनोनयन दर्ता भएका क्याम्पसमा मात्र भए पनि निर्वाचन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मोनयन दर्ता भएका क्याम्पसमा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने भएको छ ।

त्रिविका प्रवक्ता भोला ढकालका अनुसार हिजोसम्म मनोनयन दर्ता भएका मुलुकभरका २५ वटा क्याम्पसमा त्रिविले तोकेकै समयमा चुनाव गराउने भएको छ ।

त्रिवि र विभिन्न विद्यार्थी संगठनबीच भएको सहमति अनुसार आज विहान साढे १० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिए पनि विद्यार्थी संगठनकै आपसी मतभेदका कारण थप क्याम्पसमा मनोनयन दर्ता हुन सकेन ।

मुलुकभरका ६० वटा क्याम्पस मध्ये २५ वटामा मात्र मनोनयन दर्ता भएको त्रिविले जनाएको छ । फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति फागुन १८ गतेलाई सारिए पनि सबै क्याम्पसमा निर्वाचनको वातावरण बन्न सकेको छैन ।

धेरै क्याम्पसमा कंग्रेस निकट नेविसंघ र माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच तालमेल भएपछि हार्ने डरले एमाले निकट अनेरास्ववियु तालावन्दीमा उत्रिएको ति संगठनको आरोप छ । अनेरास्ववियुले भने आरोपको खन्डन गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org