कुन-कुन क्याम्पसमा हुँदै छ स्ववियु निर्वाचन ?
काठमाडौँ, १८ फागुन । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ ।
जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाले जानकारी दिनुभयो । मतदान साँझ ४ बजेसम्म हुने छ ।
त्यसैगरी काठमाडौँ उपत्यका बाहिरका १५ आङ्गिक क्याम्पसमा पनि आज निर्वाचन भइरहेको छ । नेविसङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले अन्य क्याम्पसमा ताल्चा लगाएकाले निर्वाचन हुन बाँकी छ ।
काठमाडौँ उपत्यका तथा बाहिरका क्याम्पसमा विद्यार्थी सङ्गठनसँग समन्वय गरी निर्वाचन गरिने संयोजक थापाले जानकारी दिनुभयो । करिब आठ वर्षपछि स्ववियु निर्वाचन आज भइरहेको छ ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व रहेका अधिकांश क्याम्पसमा अन्य सङ्गठनले अवरोध गरेका कारण’ चुनाव हुन नसकेको बताउँदै वार्ता गरी चाँडो निर्वाचन गराउने वातावरण बनाउन विद्यार्थी सङ्गठनहरुसँग आग्रह गर्नुभयो ।
भद्रपुर–मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज बिहान ८ बजेदेखि स्ववियु निर्वाचन शान्तिपूर्वक भइरहेको छ ।
निर्वाचनमा एक हजार दुई सय ८५ मतदाता छन् । निर्वाचनमा पाँच विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका छन् । सोअनुसार प्रत्यक्षतर्फ सबै पदका ४४ जना उम्मेदवार रहेको तथा समानुपातिकतर्फ मतदानका आधारमा पदाधिकारी चयन हुने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य हेमराज प्रसार्इंले जानकारी दिनुभयो ।
निर्वाचनमा अखिल(क्रान्तिकारी), नेविसङ्घ, राष्ट्रिय प्रजातान्त्रिक नेपाल विद्यार्थी सङ्गठन, अनेरास्ववियु र नयाँ शक्ति नेपाल विद्यार्थी सङ्गठनबाट उम्मेदवारी दिइएको छ । रासस
कैलाशकुटमा अखिल क्रान्तिकारीको जित पक्का
काठमाडौं जयबागेश्वरि स्थित कैलाशकुट बहुमुखि क्याम्पसमा भने निर्वाचन तालिका अनुसार नै निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । २८७ जम्मा मतदाता बिद्यार्थी रहेको उक्त क्याम्पसमा अखिल ‘क्रान्तिकारी’ प्रचण्ड, नेबिसंघ र अनेरास्ववियु तथा बिप्लब क्रान्तिकारीको संयुक्त प्यानल गरि ४ बिद्यार्थी संगठन चुनावि मैदानमा छन् ।
यस अघिको चुनावमा पनि बिजयि भएको प्रचण्ड निकट अखिल ‘क्रान्तिकारी’ ले पदमबहादुर तामाङ को नेतृत्वमा चुनावि प्यानल घोषणा गरेको छ ।
प्यानलमा प्रत्यक्ष तर्फ सचिवमा मन कुमारी गुरुङ, कोषाध्यक्षमा मिलन भेटुवालूनिरुत्साहितू तथा सदस्यहरूमा क्रमश पुष्पराज चौलागाँई, चमेलि तामाङ र कबिता पनेरू को मनोनयन दर्ता गराएको छ । आम बिद्यार्थी माझ लोकप्रिय छवि भएका र सच्चा बिद्यार्थी भएकाले आफ्नो जित पक्का भएको अध्यक्ष का प्रत्यासि तामाङले बताए ।
अखिल ‘क्रान्तिकारी’ प्रचण्डको ९९ % जित सुनिश्चित रहेको तामाङले जानकारी दिए । देशै भरि आफ्नो संगठनको जित लहर चलिरहेको बेला पराजित मानसिकता बोकेका केही अराजक संगठनले चुनाव हुननदिने षड्यन्त्र गरेकोे र आफ्नो संगठन उक्त षड्यन्त्रको भण्डाफोर गरि बिजयको झण्डा फराउन आतुर रहेको कुरा तामाङले थपे ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...