ताजा समाचार

निर्वाचन आचारसंहिता लागू हुनु अघिल्लो दिन प्रहरीमा व्यापक सरुवा र बढुवा

काठमाडौं १९ फागुन । नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक, सहायक निरीक्षक र हवल्दारको सरुवा तथा बढुवा गरेको हो ।

प्रहरीले १७ गते दुई फरक–फरक सूचना निकालेर ४६१ प्रहरी नायव निरीक्षक ‘सई’को सरुवा गरेको छ । एउटा सूचनामा २१८ र अर्कोमा २४३ सईको सरुवा गरेको छ ।

सोही दिन ९४ जनाको सहायक निरीक्षक ‘असई’मा बढुवा गरेर पदस्थापन गरिएको छ । साथै ४४ असईको पनि सोको ‘सिन अफ क्राइम अफिसर’ तर्फ सरुवा भएको हो ।

प्रहरीमा २२८ को हवल्दारमा बढुवा भएको छ र, उनीहरुको पदस्थापन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org