दक्षिण एसियाका सांसदहरूको बैठक सुरु
काठमाडौँ, १९ फागुन । दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक आजदेखि यहाँ सुरु भएको छ ।
युनिसेफको दक्षिण एसिया कार्यालय, नेपाल कार्यालयको आयोजना र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको सहकार्यमा सुरु गरिएको बैठकमा नेपाल, भारत र बङ्गलादेशलगायत विभिन्न देशका बालबालिकासँग सरोकार राख्ने सांसदको उपस्थिति रहेको छ ।
व्यवस्थापिका संसद अन्तर्गतको समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले दक्षिण एसियाका बालबालिकाको समृद्धि र विकासका लागि ती देशका सांसदहरूले गरिरहेको पहलका बारेमा कुराकानी गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको जानकारी दिनुभयो ।
एसियाली मुलुकमा बालमृत्युदर साझा र एउटा प्रमुख समस्याका रूपमा रहँदै आएको छ । नेपालको सन्दर्भमा संसारमा पाँच वर्षमुनिका बालबालिकाको धेरै मृत्यु हुने देशहरुको सूचीमा नेपाल ६३औँ स्थानमा छ ।
युनिसेफका लागि दक्षिण एसियाली निर्देशक जिन गोगले दक्षिण एसियाका अधिकांश मुलुकमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा कर कम उठ्ने हुँदा पर्याप्त मात्रामा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षाजस्ता क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
“नीति निर्माताका रुपमा तपाईं सांसदहरुले बालबालिकाको क्षेत्रमा काम गरेर परिवर्तन ल्याउन सक्नुहुन्छ, बालबालिकाका लागि कार्यक्रम, नीति र बजेटमा सकारात्मक प्रभाव पार्न सकेमा दक्षिण एसियामा रहेको गरिबी र अन्यखालका समस्या रोक्न सकिन्छ” – उहाँले भन्नुभयो ।
अझै पनि दक्षिण एसियाका धेरै बालबालिका विद्यालय जान पाएका छैनन् । यो क्षेत्रका तीन करोडभन्दा धेरै बालबालिका अझै पनि विद्यालयभन्दा बाहिर छन् । यो समस्या दक्षिण एसियाका सबै देशको साझा समस्याका रूपमा देखा परेको सभापति झाले बताउनुभयो ।
Comments
अरु समाचार
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
आज महागुरु फाल्गुनन्दको १४०औँ जयन्ती मनाइँदै
काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते...
-
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
काठमाडौं । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ।...
-
सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। पछिल्लो समय सुनको भाउ घट्ने बढ्ने क्रम जारी छ।साताको पहिलो दिन...
-
मानव बेचबिखनमा मुछिएका कोशीका निवर्तमान मन्त्री अधिकारी प्रहरी नियन्त्रणमा
काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्सले पनि रुपन्देही जिल्लाको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...