सप्तरी घटनाः एमाले नेताको सामूहिक हत्या प्रयास
काठमाडौँ, २४ फागुन । नेकपा (एमाले) ले तराईका विभिन्न जिल्लामा आज एमालेका कार्यालय तोडफोड र कार्यकर्तालाई धम्की दिएकोमा आपत्ति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेको शान्तिपूर्ण अभियान बिथोल्न खोजेकाले सप्तरी घटनाको सम्पूर्ण जिम्मेवारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिनुपर्ने जनाएको छ ।
महासचिव ईश्वर पोखरेलबाट जारी गरिएको प्रेस विज्ञप्तिमा एमालेको अभियानमा संलग्न नेता, कार्यकर्ता सवार गाडीमा आक्रमण तथा जुत्ता प्रहार, तुल ब्यानर च्यात्ने र कालो झन्डा प्रदर्शन कार्य हुँदा पनि आफ्नोतर्फबाट संयमता अपनाइएको दाबी गरिएको छ ।
उहाँले सो घटना लोकतन्त्रविरुद्धको हमला हो भन्दै यस्ता कार्यबाट पार्टी पछि नहट्ने बताउनुभयो । “संविधान, विश्वव्यापी मान्यता र लोकतान्त्रिक अभ्यास विपरीत प्रमुख प्रतिपक्षका कार्यक्रम बिथोल्ने र आतङ्क सिर्जना गरेर मधेसी मोर्चाका कार्यकर्ताले अराजक गतिविधि गरेकाले त्यहाँ भएको मानवीय क्षतिको जिम्मेवारी मोर्चाले लिनुपर्छ”– विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ –“राजविराज घटना नेपाली समाजको सद्भावलाई खल्बल्याएर हिंस्रक बनाउन उद्दत देखिन्छ, घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्न हामी माग गर्दछौँ ।” शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकार कुण्ठित गरी आफ्ना नेताहरुको सामूहिक हत्याको प्रयाससमेत भएको जनाउँदै एमालेले राष्ट्रिय मानवअधिकार आयोगलाई पनि छानबिन गर्न आग्रह गरेको छ ।
सप्तरीमा सोमबार भएको हिंसात्मक घटनापछि एमालेले आफ्नो मेची–महाकाली अभियान तीन दिनका लागि स्थगन गरेको थियो भने यही फागुन २७ गतेबाट पूर्ववत् कार्यक्रम जारी रहने जनाइएको छ ।
एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमालले तनाव सिर्जना नहोस् भनेर सरकार र मोर्चाका उच्च नेतृत्वसँग निरन्तर संवादमा रहँदै संयमता अपनाएर कार्यक्रम स्थल र सवारी यात्राको रुट परिवर्तन गर्दासमेत त्यस्तो घटना हुनु निन्दनीय हो भन्नुभयो । स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले निरशंकुताविरुद्ध लडेको पार्टी भएकाले आफूहरुले शान्तिपूर्ण प्रदर्शन र जनताको घरदैलामा जान पाउनुपर्ने भन्ने पक्षमा आफ्नो पार्टी दृढ रहेको उल्लेख गर्नुभयो ।
एमालेका सचिव योगेश भट्टराइले सप्तरी घटनाका सन्दर्भमा सञ्चारमाध्यमको व्यापक दुरुपयोग भएको टिप्पणी गर्नुभयो ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...