ताजा समाचार

प्रकाशचन्द्र लोहनीको नयाँ पार्टी घोषणा भोलि,पार्टीमा को-को छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. प्रकाशचन्द्र लोहनीले भोलि चैत १६ गते बुधबार आफ्नै नेतृत्वमा नयाँ पार्टी घोषणा गर्ने भएका छन् । लोहनीको नेतृत्वमा घोषणा हुने नयाँ पार्टीको नाम “एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी” रहने कुरा पार्टी गठनको संयोजन गरिरहेका लोहनीका सहयोगी तारानाथ लुईँटेलले जानकारी दिए ।

डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा घोषणा हुने नयाँ पार्टीमा केशरबहादुर बिष्ट, श्याम सिंह सिन्हा, तारानाथ लुईँटेल,राम प्रसाद साह ‘भोला’ ,मिन कुमार कुँवर, रञ्जन खनाल, कमल चुडाल , डा. सुरेश बस्नेत, वृजलाल यादव, नानी मैया आचार्य, झनक प्याकुरेल, कृष्ण खरेल ,प्रभाकर सिंह , रुप सिंह थापा र डा.सुष्मा शर्मा लगायतका व्यक्तिहरु रहेका छन् । यी समेत ७१ जनाको केन्द्रीय समिति बन्ने लुईँटेलले बताए ।

राप्रपामा छँदा चुनाव चिन्ह गाई कि हलो भनेर बहस भएकोमा बिमति भएपछि लोहनी असन्तुष्ट बनेका थिए । राप्रपा अध्यक्ष कमल थापाले हलोमा सहमती भएपनि जबरजस्ती गाई नै चिन्ह राख्ने निर्णय गरेको लोहनीको आरोप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org