ताजा समाचार

कास्कीको सबैभन्दा ठूलो मादी गाँउपालिकामा एमाले वेदबहादुर गुरुङ विजयी


कास्की, २ जेठ । कास्कीको मादी गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्रफलको हिसाबले कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले उम्मेद्वार वेदबहादुर गुरुङ (श्याम) विजयी भएका हुन् । उनले ४ हजार ६ सय ३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार देवीजंग गुरुङले ३ हजार ६ सय ५३ मत पाएका छन् ।

देवबहादुरले देवीजंगलाई ९ सय ८४ मतले पराजित गरेका थिए । उपाध्यक्षमा एमाले कै उम्मेद्वार बिष्णु पौडेल कांग्रेस उम्मेद्वार प्रभाश्री गुरुङलाई १ हजार ३ सय ९२ मतले पराजित गर्दै विजयी भए । पौडेलको ४ हजार ५ सय २३ मत आउँदा गुरुङको ३ हजार १ सय ३१ मत आयो ।

१२ वडा रहेको मादी गाउँपालिकाको १, २, ४, ६, १० र १२ नम्बर वडामा एमालेले जितेको छ भने ३, ५ र ८ मा कांग्रेसले तथा ७, ९ र ११ नम्बर वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org