ताजा समाचार

म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोका विजयी

म्याग्दी, ३ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवार श्रीप्रसाद रोका २ हजार ७ सय ६ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले २ हजार ६ सय २२ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा एमालेका खरमाया बिटालु २ हजार ६ सय ९१ मतसहित विजयी भएकी छन् । बिटालुका प्रतिस्पर्धी नेपाली कांग्रेसका बिमला रोकाले २ हजार ६ सय ६४ मत पाएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org