ताजा समाचार

मकवानपुरको भीमफेदी गाउँपालिका प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी


मकवानपुर, ४ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा निर्वाचित भएका छन् । उनले ३ हजार ८ सय ४२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका रञ्जित रानाले ३ हजार ६ सय ९८ मत पाएका छन् । राप्रपाका शिवलाल थापाले ९ हजार १७ मत मात्रै ल्याए ।

अध्यक्ष विजयी भएका लामा युवा संघ नेपालका केन्द्रीय कोषध्यक्ष पनि हुन् । भमिफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी पार्वति राना विजयी भएकी छिन् । उनले ३ हजार ८ सय २ मत ल्याउँदा कांग्रेसका उम्मेदवार मोमलाल दोङले ३ हजार ४ सय ३५ मत ल्याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org