ताजा समाचार

मेयरका उम्मेदवारको आफ्नै मत समेत हरायो

हेटौंडा, ५ जेठ । हेटौंडा उपमहानगरपालिकामा मेयरमा उम्मेद्वारी दिएका राकेशकुमार शर्माको आफ्नै मत समेत हराएको छ । बालबालिका चुनाव चिन्ह लिएर मेयरमा उम्मेद्वारी दिएका शर्माले अहिलेसम्म एक मत पनि प्राप्त गर्न सकेका छैनन् ।

उम्मेदवार शर्माको मताधिकार रहेको २ नम्बर वडाको हिजै मत परिणाम सार्वजनिक भइसकेको छ । तपाईको मत खोइ भनेर सोध्दा उनले आफ्नो मत आफैलाई हालेको प्रतिक्रिया दिए । तर दुई नम्बर वडाको मतगणनामा समेत एक मत पनि फेला नपरेपछि आफु पनि चकित परेको शर्माको भनाई छ । आफैलाई मत नहालेको हो या मत बदर भएको हो भन्ने पुष्टि भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org