ताजा समाचार

मधेशी मोर्चाका नेताहरु देउवाले बोलाएको बैठक छाडेर भारतीय राजदूतले बोलाएको बैठकमा

काठमाडौं, १६ जेठ । नधेशी मोर्चाका शीर्ष नेताहरु भारतीय दूतावासमा पुगेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा नगएर राष्ट्रिय जनता पार्टीका नेताहरु भारतीय दूतावास गएका हुन् । सहमतिय सरकार गठन तथा मधेशीका मागका विषयमा छलफल गर्न भन्दै देउवाले मंगलबार बिहान सर्वदलिय बैठक बोलाएका थिए ।

वैठकमा राजपा नेताहरुलाई समेत बोलाईएको थियो । राजपाका शीर्ष नेताहरु भने देउवाले बोलाएको बैठकमा नगएर एकाविहानै लैनचौरस्थित भारतीय दूतावासको सरणमा पुगेका हुन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् ।

राजपानिकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९ बजे दूताबास पुगेका थिए । दूताबास गएका कारण सहमतीय सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा राजपाका शीर्ष नेताहरु अनुपस्थित रहे ।

संसद भवनमा बसेको बैठकमा राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै उपस्थित थिए ।अध्यक्ष मण्डलका सदस्यहरु भने उपस्थित भएनन् । उनीहरु दूताबासको बैठकमा गएका थिए । दूताबासमा के छलफल भयो भन्ने नेताहरुले खुलाएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org