ताजा समाचार

कार्यकर्तालाई निराश बन्न नदिन एमाले महासचिव पोखरेल भरतपुर जाँदै

काठमाडौं, १६ जेठ । भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमालेका महासचिव इश्वर पोखरेल चितवन जाने भएका छन् । भरतपुरका जनता र कार्यकर्तालाई निराश बन्न नदिन आफू त्यहाँ जान लागेको महासचिव पोखरेलले जानकारी दिए ।

पुनः मतगणनाको माग गर्दै मंगलवार विहानैदेखि भरतपुरमाा एमालेले प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा सहभागी हुन र पुनः मतगणनालाई दबाव दिन एमालेले महासचिव पोखरेललाई भरतपुर पठाएको हो । उता नेपाली काँग्रेस र माओवादी केन्द्रले भने पुनः मतदानको माग गर्दै आएका छन् । उनीहरुले पुनः मतदान गर्न माग गरेपछि एमाले महासचिव पोखरेल भरतपुर जान लागेका हुन् ।

यसअघि अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेरै पुनः मतदान स्वीकार्य नहुने जानकारी गराइसकेका छन् । यदि भरतपुरमा पुनः मतदान गराइएमा अबका चुनावमा हार्ने पक्षले मतपत्र च्यात्ने गलत परम्परा स्थापित हुने चेतावनी आयोगलाई दिइएको नेम्वाङले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org