ताजा समाचार

माओवादी केन्द्रको तर्फबाट श्रीमान श्रीमती नै दुई गाउँपालिका प्रमुखका उम्मेदवार

ओखलढुंगा, १८ जेठ । ओखलढुंगामा पति पत्नि नै गाउँपालिका प्रमुखको उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट पति पत्निै दुई गाउँपालिका प्रमुखको उम्मेदवार बनेका हुन् । जनयुद्धकालदेखि नै संघर्ष गर्दै लडाकु भएका खड्क योगी ‘अनिल’ र चम्पा कार्की ‘आशा’ दुई गाउँपालिकाको प्रमुखका उम्मेदवार बनेका हुन् ।

ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा पति खड्क योगी ‘अनिल’ र सुनकोशी गाउँपालिका अध्यक्षमा पत्नि चम्पा कार्की ‘आशा’ उम्मेदवार बनेका हुन् । उनीहरु दुवै माओवादीका केन्द्रीय सदस्य हुन् । चम्पाले युद्धका क्रममा एउटा हात गुमाएकी छन् । कार्की यसअघि संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार भए पनि सभासद हुन पाइनन् भने योगी पनि पुराना र अवसर नपाएका नेताका रुपमा चिनिन्छन् ।

राजनीतिक रुपमा दुवैजना आ(आफ्नो क्षेत्रको अनुभव हासिल गरेका यी दुई जोडी अहिले आ(आफ्नो गाउँपालिकामा मत माग्दै हिँडेका छन् । चम्पा ओखलढुंगा जिल्लामा प्रमुखमा टिकट पाउने एकमात्र महिला उम्मेदवार हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org