ताजा समाचार

सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन गराए कडा आन्दोलन गर्ने विपक्षी गठबन्धनको चेतावनी

काठमाडौं, १९ जेठ । एमाले सहितको विपक्षी गठबन्धनले तत्काल प्रधानमन्त्रीको चुनाव हुननसक्ने बताएको छ । एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा शुक्रबार एमालेसहित नौ दलको विपक्षी गठबन्धनको बैठकले यस्तो परिस्थितिमा चुनाव असम्भव भएको जनाएको छ ।

उसले सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने दाबी गरेको छ । विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्रीको निर्वाचन गर्न सरकारले संसद खोल्ने बातावरण बनाउनुपर्ने निश्कर्ष निकालेको हो । बैठकपछि माले महासचिव सिपी मैनालीले संसद अवरुद्ध हुनुमा सरकारकै कमजोरी रहेको बताए ।

उनले सरकारको दवावमा भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदान गर्ने तयारी गरेको भन्दै यदि त्यसो गरिए विपक्षी गठबन्धनले कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले विपक्षीले संसद अवरद्ध गरेका बेला सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन गर्न लागेकोबारे बैठकमा छलफल भएको र त्यसो गरिए मुलकुमा अत्यन्त गलत नजिर बस्ने ठहर गरेको पनि बताए । वैठकमा राप्रपा अध्यक्ष कमल थापा पनि सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org