ताजा समाचार

एमालेले अवरोध गर्ने बताएपछि संसद बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडौं, २१ जेठ । व्यवस्थापिका संसदको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको अवरोध कायमै राख्ने भएपछि सूचना टाँसेर बैठक ३ बजेसम्मको लागि स्थगित भएको हो । ३ बजेको बैठक अघि शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

भरतपुरमा मतगणना सुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध पार्दै आएको छ । तर, निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णयपछि एमाले थप आक्रोसित भएको छ ।

आयोगको निर्णयपछि एमालेले संसदको अवरोध कायमै राख्ने बताएको छ । यसले प्रधानमन्त्री निर्वाचन प्रभावित हुनेछ । संसदको आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org