ताजा समाचार

सत्तारुढ दलबाटै देउवालाई प्रश्नः असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने के ग्यारेन्टी ?

काठमाडौं, २ असार । निर्वाचन आयोगका असहमतिका बाबजुद प्रदेश नम्बर २ को चुनाव आगामी आसोज २ गते गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दलबीच नै असन्तुष्टि उत्पन्न भएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको मिति परिवर्तन गर्ने सरकारको निर्णय गलत भएको बताए । उनले भने,’यस निर्णयले जनतामा आशंका जन्माएको छ सरकारप्रति अविश्वास उब्जाएको छ ।’

अर्का नेता डा. शेखर कोइरालाले निर्वाचन सार्ने सहमतिले समस्या नसुल्झने धारण राखेका छन् । उनले भने, ‘असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने के ग्यारेन्टी छ ?’ आजको नेपाल समाचरपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org