ताजा समाचार

विप्लव माओवादीद्धारा कांग्रेस वडा सदस्यका उम्मेदवारको घरबाटै अपहरण

ताप्लेजुङ, ४ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् । विप्लवका कार्यकर्ताले फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बुलाई अपहरण गरेका हुन् ।

विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको परिवारका सदस्यहरुले बताएका छन् । मनकुमारका काका विप्लव समूहका नेता हुन् । काका बहिस्कार गर्ने, भतिज चुनावमा उठेर हुन्छ भन्दै उनलाई अपहरण गरेको बताइएको छ । अपहरणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली काँग्रेसले अपहरण विरोध तथा लिम्बुको सकुशल उद्धारको माग गरेको छ । काँग्रेसले आफ्ना उम्मेदवार तथा नेता कार्यकर्ताको सुरक्षाको माग समेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org