जाजरकोटमा पोषण सुधार्न ९२ लाख रकम विनियोजित
जाजरकोट, ५ असार । जाजरकोटमा पोषण संवेदनशील कार्यक्रमका लागि रु ९२ लाख रकम विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७३–७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
यो रकम जिल्ला समन्वय समितिमार्फत पोषण लक्षित शीर्षकमा खर्च गर्नका लागि जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख, जिल्ला शिक्षा कार्यालयमा रु १४ लाख, खानेपानी तथा सरसफाइ कार्यालयमा रु १४ लाख, महिला तथा बालबालिका कार्यालयमा रु १४ लाख, जिल्ला पशुसेवा कार्यालयमा रु १८ लाख र जिल्ला समन्वय समितिमा रु १३ लाख रकम गरी जम्मा रु ९१ लाख रकम विनियोजित गरिएको छ । जसमध्ये ५० प्रतिशत रकम यी सम्बन्धित कार्यालयमा भुक्तानी गरिसकेको पण्डितले बताए ।
सुनौला हजार दिनका महिला तथा बालबालिका र किशोर,किशोरीको पोषण अवस्थामा सुधार ल्याउनका लागि पोषण संवेदनशील कार्यक्रम लागू गरिएको बहुक्षेत्रीय पोषण योजना जाजरकोटका कार्यक्रम संयोजक गगनसिंह ठगुन्नाले बताए ।
मानव पुँजी र समग्र सामाजिक आर्थिक विकासमा कुपोषणलाई अवरोधका रुपमा नरहने अवस्था सुनिश्चित गर्नका लागि उल्लेखनीय रुपमा दीर्घरोग कुपोषण, पुड्कोपना, कमतौल र ख्याउटेपन जाजरकोटबाटै न्यूनीकरण गर्न यो कार्यक्रमको लक्ष्य रहेको छ । त्यस्तै यो कार्यक्रम पोषण, स्वास्थ्य, कृषि र यातायातबाट वञ्चित रहेका (साविक) का नायकवाडा, रामीडाँडा, रोकायगाउँ, दह, कोर्ताङ र गर्खाकोट गरी जम्मा छ वटा गाविसमा लागु गरिएको छ ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...