ताजा समाचार

आफ्ना उम्मेदवार जिताउन काँग्रेसले ३५ जिल्लामा केन्द्रीय कमाण्डर खटायो

काठमाडौं, ६ असार । असार १४ गते हुने चुनावको लागि नेपाली कांग्रेसले प्रत्येक जिल्लामा एक जना केन्द्रीय प्रतिनिधि खटाएको छ । आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन काँग्रेसले निर्वाचन हुने ३५ जिल्लामा एक जना केन्द्रीय प्रतिनिधि खटाएको हो । केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको समितिको बैठकले जिल्लामा केन्द्रीय कमाण्डर खटाउने निर्णय गरेको हो ।

यस्तै कांग्रेसले प्रदेश नम्बर १, ५ र ७ को निर्वाचनको अनुगमन गर्नका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतको संयोजकत्वमा केन्द्रमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठन गरेको छ ।

उक्त कार्यदलको सदस्यहरुमा—केन्द्रीय सदस्यहरु महालक्ष्मी उपाध्याय ‘डिना’, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org