ताजा समाचार

गृहमन्त्री जनार्दन आएपछि प्रहरीमा बढुवा प्रक्रिया सुरु भयो

काठमाडौं, ७ असार । चार हजार बढी पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि नबढाउँदा आलोचित प्रहरी प्रशासनले बढुवा सिफारिस समितिलाई सक्रिय बनाएको छ । गृहमन्त्रीमा जनार्दन शर्मा आएपछि गत बुधबार उनले बढुवा अघि बढाउने बताएका थिए ।

उनले दाबी गरेको पाँच दिनपछि आइतबारदेखि तल्लो तहको बढुवा प्रक्रिया अघि बढेको खबर आजको नागरिकमा छ । असारभित्र सबै रिक्त पदमा बढुवा गर्ने योजना सहित प्रहरी हवल्दार र असईको बढुवाको लागि फाइल उठिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org