ताजा समाचार

एउटै पदमा बाबु-छोरो उम्मेदवार, बाबु काँग्रेस छोरा राप्रपाबाट भोट माग्दै

प्युठान, ९ असार । सुरुमा एउटै पदमा बाबु छोराले फरक फरक पार्टीलाई भोट माग्दै हिंड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो । अन्तिम नावालीमा प्युठान नगरपालिका ९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ बर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ बर्षीय बाचुन केसीले उम्मेदवारी दिए ।

छुट्टा छुट्टै निर्वाचन चिन्हमा एकधारका बाबु छोरा भोट माग्दा धेरैजना दंग छन् । सहमति गरेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबु छोरा नै उम्मेदवार बनेर निर्वाचन प्रचारमा लागेको कान्तिपुर दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org