टीकापुरमा रोचक प्रतिष्पर्धाः मालिकसँग कमैया भिड्दै
टिकापुर, ९ असार । मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन् । ०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मेहनतले सफलताको सिँढी चढिरेकी छन् । १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सुदेशनीको जीवनयात्रा निकै कष्टकर छ । उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन् ।
घरको आर्थिक अवस्था दयनीय भएपछि उनले स्कुल जाने उमेरलाई इँटाभट्टामा सीमित गर्नुपर्यो । काँचो माटोसँग लड्दालड्दै उनी कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिइन् । १४ वर्षको उमेरमा बाबुआमाले इँटाभट्टामा सँगै काम गर्ने वसन्तलाल चौधरीसँग बिहे गरिदिए ।
इँटाभट्टाको काम निकै जोखिमपूर्ण थियो । रातिको समयमा काम गर्नुपथ्र्यो । एक हजार इँटा तयार गरेपछि ३० रुपैयाँ पाइन्थ्यो । त्यो पनि वर्षको ६ महिनामात्रै । बाँकी ६ महिना बेरोजगार ।
तिनै सुदेशनी स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेकी छन् । नेपाल लोकतान्त्रिक फोरमबाट उपप्रमुख उम्मेदवार बनेकी सुदेशनीका प्रतिस्पर्धी कांग्रेसकी ईश्वरी विष्टसहित ८ जना छन् । केही वर्षअघि विष्टकै इँटाभट्टामा काम गर्दै आएकी सुदेशनीले अहिले उनैसँग नेतृत्वको लागि प्रतिष्पर्धामा छिन् ।
बिहानदेखि रातिसम्म निर्वाचन प्रचारमा खटिरहेकी सुदेशनी भन्छिन्, ‘समय र परिस्थितिले मान्छेलाई फरक जिम्मेवारीमा पुर्याउँदो रहेछ ।’ नागरिक दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...