ताजा समाचार

स्थानीय तह निर्वाचनलाई झरीको प्रभावः प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा

काठमाडौं, १४ असार । आज मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका अधिकांश ठाउँमा पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद शान्ति कडेँलले जानकारी दिईन् ।

१ नम्बर प्रदेशमा ताप्जेजुङ, संखुवासभा बाहेकका जिल्लामा ठूलो पानी परिरहेको उनको भनाई छ । यस्तै ५ नम्बर प्रदेशमा बाँके, बर्दिया बाहेकका ठाउँमा पानी परिरहेको छ ।

७ नम्बर प्रदेशमा भने डडेल्धुरा, डोटी, अछाम लगायतका जिल्लामा पानी परिरहेको मौसमविद् कँडेलले जानकारी दिईन् । अहिले प्रदेश नम्बर १ र ५ मा पानी पर्ने क्रम बढीरहेको छ । ७ नम्बर प्रदेशमा भने केही घटिरहेको छ ।

यी प्रदेशमा आज झरी पर्ने संभावना नभएपनि पानी पर्दै रोकिनेछ । दिउँसो मौसम एकैछिन खुलेजस्तो भएपनि फेरि पानी पर्ने भएकाले समय मै गएर मतदान गर्न उनले मतदातालाई आग्रह गरिने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org