ताजा समाचार

भोट हाल्न लाइनमा बसेका एक जना बृद्ध मतदाताको मृत्यु

झापा, १४ असार । झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको ज्यान गएको छ । दमक नगरपालिका १४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला ज्यान गएको हो । उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए ।

विगतदेखिनै विरामी रहेका भण्डारीको लाइनमा बसेका बेला ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org