ताजा समाचार

दाङको दंङगीशरण गाउँपालिका प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

दाङ, १८ असार । दाङको दंङगीशरण गाउँपालिका प्रमुखमा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार भागिराम चौधरी ३ हजार १ सय ६१ मत ल्याएर प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका यज्ञनारायण आचार्यले २ हजार ८ सय ४१ मत ल्र्याए । उपप्रमुखमा भने काँग्रेसका पिमा खड्काले २ हजार ९ सय ६७ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका सीमा न्यौपानेले २ हजार ९ सय ४१ मत ल्याईन् । उनीहरुबिचको मतअन्तर २६ मात्रै रह्यो । यसअघि दाङको गढवा गाउँपालिकामा एमाले विजयी भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org