आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिंदै
काठमाडौं, २० असार । आज हरिशयनी एकादशी पर्व । घरघरमा तुलसीको बिरुवा रोपेर मनाईदैंछ । असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा सयन गर्ने धार्मिक विश्वासमा हरिशयनी एकादशी पर्व ब्रत, पूजा–पाठ गरी मनाईन लागेको हो ।
जेठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका दिन घर–घरमा राखिएको तुलसीको दलबाट आजै विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नु हुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।
चतुर्माससमेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनोकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यी चार महिनासम्म व्रत बस्नेले निश्चित विधि पालना गर्नुपर्छ । जसअनुसार साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने चीजबीज खान नहुने प्रचलन रही आएको छ ।
असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने प्रचलन छ ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...