ताजा समाचार

भरतपुर च्यातिएको मतपत्र प्रकरणः मुद्दाको सुनुवाइ फेरि सर्‍यो, पेशी २६ गतेलाई तोकियो

काठमाडौं, २३ असार । भरतपुर महानगरको मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ। यसअघि मुद्दाको सुनवाइ आज (शुक्रबार) का लागि तोकिएको थियो। सर्वोच्चका न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले शुक्रबार मुद्दाबारे बहस सुरू गरे पनि आजै नसकिने भएकाले आगामी सोमबारलाई सार्ने निर्णय गरेको हो।

भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधीहरुले मतपत्र च्यातेपछी विवाद सुरु भएको थियो। विवादपछी मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो।

आयोगको त्यहि निर्णय विरुद्ध पुन मतदान नभई पुन मतगणनाको माग गर्दै भरतपुर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org