ताजा समाचार

सप्तरीका बाढी पीडितको उचित व्यवस्थापन गर्न गृहमन्त्री शर्माको सिडिओलाई निर्देशन

सप्तरी, २३ असार । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई बाढी पीडितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न प्रधानमन्त्री देउवासँगै सप्तरी पुगेका मन्त्री शर्माले सिडिओलाई गाँस, बास र स्वास्थ्य उपचारमा ध्यान दिन निर्देशन दिएका हुन् । उनले यसमा कुनै समस्या आए मन्त्रालयले तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

तिरहुत गाउँपालिका ५ भेडियाका बाढी पीडितहरुसँगको भेटमा मन्त्री शर्माले बाढी प्रभावितहरुको पक्षमा गृहमन्त्रालय सधैं साथमा रहने प्रतिबद्धता जनाए । औपचारीक कार्यक्रमलाई सम्वोधन गरेपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले दिर्घकालिन योजना बनाएर बाढी प्रभावितहरुको ब्यवस्थापन गर्नुपर्ने बताए ।

‘स्थानीय सरकारसँग मिलेर बस्ती विकासको योजना बनाउनुपर्छ,’ उनले भने, ‘बाढी पसेको ठाउँमा फेरि घर बनाएर समस्याको समाधान हुँदैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org