ताजा समाचार

सर्पको टोकाईबाट कपिलवस्तुमा एक बालकको मृत्यु

कपिलवस्तु, २३ असार । सर्पको टोकाईबाट कपिलवस्तुमा एक बालकको ज्यान गएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटामा अर्घाखाँचीको सितगंगा नगरपालिका घर भई चन्द्रौटा बस्दै आएका ८ वर्षका अनन्त सापकोटाको ज्यान गएको प्रहरीले जनाएको छ ।

गत राति घरमा सुतिरहेको बेला सापकोटालाई सर्पले टोकेको थियो । सर्पको टोकाईबाट घाइते भएका बालक सापकोटाको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org