ताजा समाचार

खेत रोप्न जानेक्रममा खोलाले बगाएर एकजनाको ज्यान गयो

डोटी, २७ असार । खोलाले बगाएर डोटीमा एक जनाको ज्यान गएको छ । डोटी दिपायलको द्धारी खोलाले बगाएर दिपायल सिलगढी नगरपालिका–५ बागठाटाकी १७ वर्षिया धौली कोलीको ज्यान गएको प्रहरीले जनाएको छ । खेत रोप्न जाने क्रममा उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरिक्षक दिलबहादुर कुँवरले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org