ताजा समाचार

तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न युवती पक्राउ

दाङ, २७ असार । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती भारतबाट पक्राउ परेकी छन् । आफ्नै बुवासँग मिलेर अपहरण गरी हत्यामा संलग्न पूजा घर्ती भारतको हिमान्चल प्रदेशबाट पक्राउ परेकी हुन् । व्यापारी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’ मा पारेर अपहरण गरी फिरौती माग्ने कार्यमा पूजाको संलग्नता खुलेपछि उनी फरार थिइन् ।

अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरणमा संलग्न भनिएकी ती युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

पूजा घर्तीले फोन गरेर बोलाएपछि श्रेष्ठ सल्यानतर्फ जाँदै गर्दा अज्ञात समूहले बाटोबाटै अपहरण गरेको थियो । अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २७ गते अपहरणमा परेका श्रेष्ठको शव भने यही असार १६ गते फेला परेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org